× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

    ३ वर्ष पहिले

    भदौ-१७, फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गर्नुका साथै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्।

    इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् । रोनाल्डोले सो खेलमा २ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुर्याएको छ ।

    आयरल्यान्ड विरुद्धको खेलमा खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी चुकाएपनि खेलको ८९ औं र इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गर्दै जित दिलाएको थियो ।

    यसअघि खेलको ४५ औं मिनेटमा आयरल्यान्डका जोन इगनले गोल गर्दै अग्रता दिलाएका थिए ।