× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको इच्छाकामना र गोरखाको लखन थापा गाँउपालिका वरपर विद्युत सेवा अवरुद्ध हुने

    ३ वर्ष पहिले

    भदौ-१७ | चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिका वरपर भदौ १८ र १९ गते दुईदिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    सो क्षेत्रको विद्युत प्रदायक संस्था मर्स्याङ्दी बहुउद्देश्य सहकारी संस्थाका प्रवन्धक कुमार श्रेष्ठले दिएको जानकारी अनुसार ११ केभिए प्रशारण लाइनमा बुस कटिङ गर्नुपर्ने भएकोले भदौ १८ र १९ गते (शुक्रबार र शनिबार) बिहान ७:०० बजेदेखि २:०० बजेसम्म विद्युत सेवा पूर्णरुपमा बन्द हुने भएको छ।

    मुग्लिङ फिडर अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत मुग्लिङ, कुरिनटार, लेवाटार, चुम्लिङ र फिस्लिङ तथा गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत भुम्लिचोक, मकैसिंग क्षेत्रमा विद्युत अबरुद्ध हुने जनाएको छ।

    तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने समेत प्रवन्धक श्रेष्ठले जनाएको छ।