× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोरखामा खुकुलो गर्दै असोज २ गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    भदौ-१७, जिल्ला प्रशासन कार्यालय गोरखाले केही खुकुलो गर्दै असोज २ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

    बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यातायातका साधनहरूमा यसअघि लागू भएको जोर बिजोर प्रणाली हटाएर स्वास्थ्य मापदण्ड पालना गरेर पूर्णरूपमा सञ्चालन गर्न पाउने निर्णय गर्दै निषेधाज्ञा लम्ब्याएको हो।

    यसैगरी होटल व्यवसाय बेलुकी ८:०० बजेसम्म र अन्य व्यवसायहरु उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण सामग्री, स्टेशनरी, कपडा तथा फेन्सी पसल, सुनचाँदी, टेलरिङ, फोटो स्टुडियो, भाडा तथा कस्मेटिक पसलहरु बिहान ५ देखि दिउँसो ७ बजेसम्म खुल्न पाउने भएको छ ।

    शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भई पठनपाठन गर्न नपाउने तर गर्ने पर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र संग समन्वय गरि विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने सूचनामा जनाएको छ ।

    यस्तै मठ मन्दिर गुम्बा मस्जिद मदरसा चर्च लगायत धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा र प्राथना बाहेक अन्य कार्य गर्न नपाइने तर मनकामना मन्दिरको व्यवस्थापन गर्ने सम्वन्धमा शहीद लखन थापा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा सदस्यहरु मनकामना क्षेत्र विकास समितिका पदाधिकारी एवं वडा अध्यक्षले तोकेको अन्य व्यक्ति सम्मिलित समिति गठन गरी सो समितिले एक हप्ताभित्र कोभिड-१९ रोकथाम नियन्त्रण र व्यवस्थापन हुनेगरी मन्दिरमा पूजा आजा सञ्चालनको योजना बनाई जिल्ला प्रशासन कार्यालय पेश गर्ने र आधारमा जिल्ला प्रशासनले आवश्यक निर्णय लिने सूचनामा जनाएको छ।