× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन प्रहरीद्वारा तास खेलीरहेको अवस्थामा सात जना पक्राउ

    ३ वर्ष पहिले

    भदौ-१७, चितवन प्रहरीद्वारा भरतपुर म.न.पा. वडा न. १६ पश्चिम रामपुरमा तास खेलिरहेको अवस्थामा तास खेल्ने र खेलाउने गरि सात जनालाई पक्राउ गरेको छ ।

    बुधबार रामपुर स्थित धिरेन्द्र हमालको घरमा हारजित हुने गरी अबैध तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद रु ३ लाख १७ हजार ४ सय ५५ रुपैया र २ बुक तास नखोलेको र ३ बुक तास खोलेको गरी जम्मा ५ बुक तास सहित ७ जनालाई पक्राउ गरेको हो।

    प्रहरीले ७ जनालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।