× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल १-१ गोलको बराबरीमा सकियो

    ३ वर्ष पहिले

    भदाै-१७, नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल १-१ गोलको बराबरीमा सकिएको छ।

    दशरथ रंगशालामा करिब ५ हजार १ सय दर्शक उपस्थित भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफको ३६ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको दोस्रो हाफको ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ।