३ वर्ष पहिले
भदौ-१८, महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाए अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो । वर्षात भइरहेकाले पहिरो हटाउन नसकिए प्रहरीले जनाएको छ ।
महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम लागेको गाडीलाई दुम्कीवास र बर्दघाटमा रोकिएको छ । पूर्वी नवलपरासीमा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ ।