३ वर्ष पहिले
भदौ-१८, मुग्लिन नारायणगढ सडक खण्डमा भइरहेको भारी वर्षाको कारण ५ किलो भन्ने ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ।
ट्राफिक प्रहरी कार्यालय मुग्लिङ्गका असई नरहरि अधिकारीले हाइवे समाचार लाई दिएको जानकारी अनुसार मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत ५ किलोमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ ।
भारि बर्षाको बीच पनि पहिरो हटाउन लोडर पुगिसकेको ट्राफिक प्रहरी असई अधिकारीले जानकारी दिएको छ ।