× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा निषेधाज्ञा हट्यो

    ३ वर्ष पहिले

    भदौ-१९, जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ २० गते राति १२ बजेपछि चितवनमा जारी निषेधाज्ञा हटाइएको छ।तर केही प्रावधानहरूलाई भने कायम नै राखेको छ ।

    शनिबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भई पठनपाठन गर्न नपाउने तर गर्ने पर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र संग समन्वय गरि विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने सूचनामा जनाएको छ ‌।

    यसैगरी होटल व्यवसाय बेलुकी ९:०० बजेसम्म र अन्य व्यवसायहरु स्वास्थ्य मापदण्ड पालना गरी पूर्ण अवधि खोल्न पाउने भएको छ । पार्टी प्यालेसको हकमा कुल क्षमताको ५०% नबढ्ने गरी बेलुकी ६:०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

    यस्तै मठ मन्दिर गुम्बा मस्जिद मदरसा चर्च लगायत धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा र प्राथना बाहेक अन्य कार्य गर्न पाइने छैन ।

    जिल्लामा संक्रमण दर घटबढ भएमा जारी आदेशलाई पुनरावलोकन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।