× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मी र बीपी सेनानी पुरस्कार तिलक प्रकाश कायस्थलाई

    ३ वर्ष पहिले

    भदौ-१९, बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मी र ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बीपी सेनानी पुरस्कार यस पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ ।

    पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता संग्रहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो पुरस्कार दिने निर्णय गरिएको हो

    त्यसरी नै लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत योगदान पुर्‍याएको प्रजातन्त्र सेनानी कायस्थलाई योगदानको कदर गर्दै यो पुरस्कार दिने निर्णय गरेको हो ।

    यि दुबै पुरस्कार बीपी जयन्तीको दिन, यही भदौ २४ गते प्रदान गरिने छ । यो नगद पुरस्कारको राशी एक लाख एक हजार र एकाउन्न हजार रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु — डा धुब्रचन्द्र गौतम् र सुशील मान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।