× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०८९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५३४

    ३ वर्ष पहिले

    भदौ-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५४ हजार ३ सय २१ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार १ सय ७० जनाको पिसिआर परीक्षण गर्दा ९ सय ७६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ५८ हजार १ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ८ सय १ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ८७ हजार ७ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २९ हजार ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार १ सय ६७ रहेको छ।

    २४ घण्टामा १ हजार ५ सय ३४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.११ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ६६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय २३ जना र भेन्टिलेटरमा १ सय ६२ जनाको उपचार भईरहेको छ ।