× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केवुलकार केहि दिन पछि मात्र सञ्चालनमा आउने ।

    ३ वर्ष पहिले

    मनकामना । भदाै २० गते आइतबार देखि पुर्णरूपमा सञ्चालनमा आउने तयारी गरेकाे मनकामना केवुलकारले कारणबश केहि दिन थप गरेकाे छ । चितवन र गाेर्खा दुइ जिल्लामा पर्ने मनकामना केवुलकारले जिल्ला प्रशासन कार्यालय चितवनबाट तत्काल कुनै निर्णय आइनसकेकाे कारण सञ्चालन समय थप गरेकाे हाे ।

    जिल्ला प्रशासन कार्यालय गाेरखाले छिट्टै मनकामना लगाएत गाेरखकाली मन्दिर सबै खाेल्ने तयारी भइरहेकाे जानकारी गराउनु भएकाे र जिल्ला प्रशासन कार्यालय चितवनले २–३ दिन समय पर्खन अनुराेध गरेकाे कारण तत्कालकाे लागी पूर्व निर्धारीत समयलाइ हेरफेर गर्नुपरेकाे मनकामना दर्शन प्रा. लि. का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी गराउनु भयाे । काेभिडका कारण लामाे समयकाे बन्द पश्चात सञ्चालनमा आउन लागेकाे भएतापनि अवस्थाले अर्काे माेड नलिएमा अब २–३ दिनमा नै मनकामना मन्दिरसंगै केवुलकार पनि सञ्चालनमा आउने शेरचनले बताउनुभयाे ।

    यस्तै लामाे बन्दकाे मारमा परेकाे मनकामनावासीहरूमा केवुलकार खुल्ने निर्णयले ल्याएकाे खुशीमा तुषारापात भएकाे स्थानीय व्यापारी एवं समाजसेवी रूपेश गुभाजुले बताउनुभयाे । तत्काल सञ्चालनमा आउन नसकेपनि मन्दिर पनि खुल्न सक्ने सम्भावनाकाे कारण भने अर्काे आशा पलाएकाे गुभाजुले बताए ।

    काेभिड–१९ काे बढ्दाे लहरकाे कारण बैशाख १६ गतेदेखि मनकामना केवुलकार लगाएत मनकामना क्षेत्र नै बन्द रहेकाे थियाे ।