× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारी वर्षापछि काठमाडौं उपत्यका जलमग्न

    ३ वर्ष पहिले

    भदौ-२१, मध्येरातिदेखि आएको भारी वर्षाका कारण काठमाडौं उपत्यकात्यका जलमग्न भएको छन्। वाग्मतीलगायत विभिन्न नदीमा पानीको बहाव बढेसँगै केही क्षेत्र डुबानमा परेका छन्।

    प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ ।

    गुहेश्वरी आसपासमा आएको बाढीले सोमबार बिहान सडक अबरुद्ध हुन पुगेको थियो । वरपरका केहि घरमा समेत पानी पसेको बताइएको छ ।

    बाढीले विष्णुमतीका केही क्षेत्र डुबानमा परेको छ। यता बल्खु क्षेत्रको सुकुम्बासी वस्ती डुबानमा परेको छ। यस क्षेत्रमा केही सवारी साधनसमेत बगाएका छन्। अहिले प्रहरी त्यस क्षेत्रमा उद्धारमा खटिएका छन् ।