× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १६७७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०७२

    ३ वर्ष पहिले

    भदौ-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५७ हजार ८ सय ९४ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार १ सय ९११जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ८० हजार ८ सय ३२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ९६ हजार ३७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २८ हजार ३ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ९ सय ८९ रहेको छ।

    २४ घण्टामा २ हजार ७२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.२० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २१ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ५८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय १४ जना र भेन्टिलेटरमा १ सय ५४ जनाको उपचार भईरहेको छ ।