× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पपुवान्युगिनी बिरुद्ध नेपालको संघर्षपूर्ण जित

    ३ वर्ष पहिले

    भदौ-२२, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङमा नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

    नेपालका लागि रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । एक समय ८२–७ को संकट अवस्थामा पुगेको नेपाललाई आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

    सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालको मिडिल अर्डर यस पटक पनि धरमराउन पुग्यो । ओपनिङ साझेदारीको रुपमा कुशल भुर्तेल र अशिफ शेखले मजबुत (४६) रनको साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पतन हुँदा नेपालको पुरानै ब्याटिङ समस्या यस पटक पनि देखियो ।

    कप्तान ज्ञानेन्द्र मल्ल र अर्का भरपर्दा खेलाडी शरद भेषावकरले ६–६ रन बनाउँदा आरिफ शेखको ब्याटबाट ९ रन निस्किएको थियो । पवन शर्राफले खाता नै खोल्न सकेनन् भने कुशल मल्ल पनि एक रन बनाउँदै पभेलियन फर्किएका थिए । त्यसपछि रोहित र सोमपालले नेपालको पारि अघि बढाएका थिए ।

    त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिँदा आजै डेव्यु गरेका बिक्रम सोबले २ विकेट लिएका थिए । यसैगरी कुशल मल्लले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

    आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई ओडिआई खेल खेल्ने वातावरण मिलाएको हो ।