× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    ३ वर्ष पहिले

    भदौ-२५, अर्जेन्टिनी सुपरस्टार खेलाडी मेस्सीले ह्याट्रिक गरेपछि आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट खेलमा अर्जेन्टिनाको शानदार जित भएको छ ।

    शुक्रबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलि बोलिभियालाई ३-० को फराकिलो अन्तरले हराएको हो। अर्जेन्टिनालाई सानदार जित दिलाउनका लागि सुपर स्टार खेलाडी मेस्सीले नायकको भूमिका निर्वाह गर्दै तीन गोल गरेर ह्याट्रिक गरेका थिए ।

    मेस्सीले खेलको १४ औं मिनेटमा पहिलो गोल गर्दै खेलको पहिलो हाफमा १-० ले अगाडि बढाएको थियो। दोस्रो हाफको ६४ र ८८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

    मेस्सीले दक्षिण अमेरिकी महादेशमा अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यसअघि ब्राजिलियन लेजेन्ड पेलेको नाम रेकड रहेका थिए ।

    यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।