× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    संखुवासभा हत्याकाण्डको आरोपमा एक जना पक्राउ

    ३ वर्ष पहिले

    भदौ-२६, संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन् ।

    प्रहरीका अनुसार पक्राउ पर्ने कार्की नातामा भतिजा हुन् । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप जानकारी आइतबार पत्रकार सम्मेलन गरेर दिइने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

    यो घटनाको अनुसन्धान गर्न प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलमै छन्। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय एकाइ प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धान खटिएको छ।

    गएकाे २१ भदौ राति मादी नगरपालिका-१ का ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाती दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।