३ वर्ष पहिले
भदौ-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६२ हजार ९ सय ४५ जना पुगेको छ ।
२४ घण्टामा ६ हजार १ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख १४ हजार १ सय ८३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ८ हजार ८ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २५ हजार ७ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ४७ रहेको छ।
२४ घण्टामा १ हजार ३ सय ६८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय १७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ५६ जना र भेन्टिलेटरमा १ सय २२ जनाको उपचार भईरहेको छ ।