× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    महिला युएस ओपन टेनिसको उपाधि बेलायती किशोरी रादुकानुले जितिन्

    ३ वर्ष पहिले

    भदौ-२७, यो वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको महिला उपाधि १८ वर्षीया बेलायती किशोरी एमा रादुकानुले जितेकी छन् ।

    रादुकानुले फाइनलमा १९ वर्षीय क्यानडियनन किशोरी लेइला फेर्नान्डेजलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरेकी हुन् ।

    जितसंगै रादुकानुले बेलायती टेनिसको खेलकुद इतिहासमा ४४ वर्षपछि विम्बल्डन जित्ने महिला खेलाडी पनि बन्नु का साथै सन् २००४ यता ग्राण्डसलाम जित्ने सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी छन् ।

    उनले उपाधिसँगै १८ लाख पाउण्ड पुरस्कार पाएकी छन् । उनी सोमबार विश्व बरियतामा २३ औँ स्थानमा उक्लिने छिन् भने उनी बेलायतको पहिलो बरियतामा आउने छिन् ।