× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माओवादी केन्द्रका सचिवालय सदस्यसहित विभिन्न पार्टी परित्याग गरि ७१ जना एमालेमा प्रवेश

    ३ वर्ष पहिले

    भदौ-२७, नेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका सचिवालय सदस्य बोध बहादुर गोले सहित विभिन्न पार्टी परित्याग गरि ७१ जना एमालेमा प्रवेश नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ ।

    शनिवार एमालेको इच्छाकामना ७ स्थित सिमलढापमा भएको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटी सचिवालय सदस्य गोलेसहित ७१ जना एमालेमा प्रवेश गरेका हुन । गोलेसँगै ६१ जना माओवादी केन्द्रका कार्यकर्ताहरु र नेपाली कांग्रेसका १० जना कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका इच्छाकामना गाउँपालिकाका एमाले इन्चार्ज दान बहादुर गुरुङले बताउनुभयो ।

    तत्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेका गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवाली, एमाले जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    त्यसैगरी सो वडा भेलाले चुमनारायण श्रेष्ठलाई अध्यक्ष र आशिष मगरलाई इन्चार्ज चयन गर्दै राष्ट्रिय युवा संघ इच्छकामना वडा नं. ७ को वडा कमिटि गठन गरेको छ।

    भेलाले युवा संघ वडाकमिटिको अन्य पदाधिकारीहरु मध्य सह–इन्चार्जमा भीमराज गुरुङ, सचिवमा सन्दिप थापा, कोषाध्यक्षमा राजकुमार चेपाङ सहित ५१ सदस्यीय वडा कमिटि चयन गरेको हो।

    वडा भेलामा कार्यक्रमको प्रमुख अतिथि भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवालि, विशिष्ट अतिथि एमाले चितवन जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल, अतिथिहरुमा जिल्ला सचिव प्रकाश खनाल शैलेस, जिल्ला समन्वय समिति प्रमुख कृष्ण कुमार डल्लाकोटि, कालिका नगरपालिकाका मेयर गोपि श्रेष्ठ, एमालेका नेता तथा कार्यकर्ताहरु नारायण अधिकारी, दान ब गुरुङ, कृष्ण सिलवाल लगायतको उपस्थिति रहेको थियो।