× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ९११ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १४२३

    ३ वर्ष पहिले

    भदौ-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ११ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६३ हजार ८ सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख २२ हजार ६१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ११ हजार ९ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय ५७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २५ हजार १ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५ सय ८६ रहेको छ।

    २४ घण्टामा १ हजार ४ सय २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३९ हजार ४ सय ५७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १३ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ५४ जना र भेन्टिलेटरमा १ सय ४० जनाको उपचार भईरहेको छ ।