३ वर्ष पहिले
भदौ-२८, विश्व वरियताको दोस्रो नम्बरमा रहेको रुसका डानिल मेडभेडेभले विश्व नं १ खेलाडी सर्वियाका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गरी पुरुष युएस ओपन उपाधि जितेको हो ।
उत्कृष्ट लयमा रहेका २५ वर्षीय मेडभेडेभलेे जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरि पहिलो ग्रान्डस्लामको उपाधि जितेका हो।
युएस ओपन टेनिस जितेको भए जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनले आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभसंग सोझो सेटमा पराजित भएपछि किर्तिमानी बनाउन चुकेको हो ।