× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४८६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२६०

    ३ वर्ष पहिले

    भदौ-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६५ हजार ३ सय ५२ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ३४ हजार ५ सय ९३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख १५ हजार ९ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार १ हजार ६ सय ७२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५ सय ८६ रहेको छ।

    २४ घण्टामा १ हजार १ सय ४९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४० हजार ७ सय १७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १६ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ६२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ७५ जना र भेन्टिलेटरमा १ सय ३४ जनाको उपचार भईरहेको छ ।