× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १५६२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५८९

    ३ वर्ष पहिले

    भदौ-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६६ हजार ९ सय १४ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार २ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ४४ हजार ८ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख २० हजार १ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ६ सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५ सय १२ रहेको छ।

    २४ घण्टामा १ हजार ५ सय ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४२ हजार ३ सय ६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १९ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ६२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ५३ जना र भेन्टिलेटरमा १ सय ३७ जनाको उपचार भईरहेको छ ।