× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदै

    ३ वर्ष पहिले

    भदौ-३०, कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ।

    नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा केन्द्रले परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकेको छ।

    परीक्षा असोज ८ गतेसम्म संचालन हुने नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।

    कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् ।