× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १५५८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १३५१

    ३ वर्ष पहिले

    असोज-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७१ हजार ७ सय ३४ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ६ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ८६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ७७ हजार २ सय ५६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ३२ हजार १ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ९ सय ५० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५ सय ४७ रहेको छ।

    २४ घण्टामा १ हजार ३ सय ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १० संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ८६ जना र भेन्टिलेटरमा १ सय १७ जनाको उपचार भईरहेको छ ।