× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ र बिष्णु कुवरको उम्मेद्बारी घोषणा

    ३ वर्ष पहिले

    असोज-१, नेपाली कांग्रेस इच्छाकामनाको सभापति पदको लागि वर्तमान सभापति तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ तथा इच्छाकामना गाउँपालिका नेपाली कांग्रेसका पुर्व संयोजक बिष्णु कुवरले उम्मेद्वारी घोषणा गरेको छ ।

    नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत चितवनको वडा स्तरीय अधिवेशन भदौ २१ र २२ गते सम्पन्न भइसकेको र स्थानिय तह स्तरीय अधिवेशन यहि असोज ९ गतेलाइ तोकेपछी चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि अधिवेशनको सर्गर्मी बढेको हो ।

    गाउँ अधिवेशन नजिकिँदै गर्दा इच्छाकामना गाउँपालिका सभापतिको लागि वर्तमान सभापति तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले आज सामाजिक संजाल मार्फत सभापति पदको लागि उम्मेद्बारी घोषणा गरेको हो।

    केही दिन अगाडि मात्र सभापति पदको लागि इच्छाकामना गाउँपालिका नेपाली कांग्रेसका पुर्व संयोजक बिष्णु कुवरले पनि आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको थियो।

    सहकार्य समझदारी र एकताको बलमा पार्टीलाई सवल, सुदृढ र सशक्त बनाउने प्रणका साथ कार्यकर्ताको संरक्षण र सुरक्षा, अग्रजलाई सम्मान र बाँकी सबैलाई जिम्मेवारीपूर्ण व्यवस्थापन गर्ने मूल उद्देश्यका साथ आफ्नो उम्मेद्बारी घोषणा गरेको सभापति पदका प्रत्यासी कृतिकुमार श्रेष्ठले जानकारी गराउन भयो ।

    त्यसैगरी हिजोको स्थानीय निर्वाचनमा आफ्नो नेतृत्वमा ईच्छाकामना गाउँपालिकामा नेपाली काङ्ग्रेस जनप्रतिनिधिहरुलाई गाउँपालिकाकाे अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत वडा सदस्यहरुलाई निर्वाचित गराउन अग्रणी भुमिका निर्वाह गरेकोले पुनः एकपटक सभापति पदको लाई आफ्नो दाबेदारी प्रस्तुत गरेको अर्को प्रत्यासी कुँवरले बताउनुभयो ।