× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०६६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२३४

    ३ वर्ष पहिले

    असोज-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७२ हजार ८ सय जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ५ सय ४० जनाको पिसिआर परीक्षण गर्दा ८ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ८५ हजार ७ सय ९६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ८ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ३४ हजार ९ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ६ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ४६ रहेको छ।

    २४ घण्टामा १ हजार २ सय ३४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४७ हजार ८ सय पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.६७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ८९ जना र भेन्टिलेटरमा १ सय २१ जनाको उपचार भईरहेको छ ।