× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    संविधान दिवसको अवसरमा ९०३ जनालाई विभूषण प्रदान : झलनाथलाई राष्ट्रगौरव, प्रधानन्यायाधीश राणालाई महाउज्ज्वल राष्ट्रदीप

    ३ वर्ष पहिले

    असोज-३, संविधान दिवसका अवसरमा भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छिन्।

    नेपाल रत्न एक दिवंगत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ। त्यसैगरी राष्ट्र गौरव दुई जना विभुषित गरिने भएको छ। राष्ट्र गौरवबाट दिवंगत सुवर्षण शम्शेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाल विभुषित हुने भएका छन्।

    यता महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणादेखि दिवंगत स्वरसम्राट नारायण गोपालसम्म परेका छन्। सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रदीप नेपालदेखि पिएलसिंहसम्म परेका छन्।

    उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छिन्।

    राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।