३ वर्ष पहिले
असोज-६, मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै घोप्टेभिरमा गएराति करिब १२:०० बजे खसेको पहिरोले बन्द भएको सडक पूर्णरूपमा संचालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरले विहान ४ः३० बजेदेखि पहिरो हटाउन शुरु गरे पश्चात सडक अबरुद्ध भएको करिब ११ घन्टा पश्चात दुई तर्फि नै सडक सञ्चालनमा आएको हो।