× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४६८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६३०

    ३ वर्ष पहिले

    असोज-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७७ हजार ४ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ६७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख २४ हजार ५ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ४७ हजार ५ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १९ हजार ८ सय ५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ३४ छ।

    २४ घण्टामा १ हजार ६ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.११ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३४ जना र भेन्टिलेटरमा १ सय १९ जनाको उपचार भईरहेको छ ।