× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको ईच्छाकामना-५ मा बिभिन्न पार्टी परित्याग गरि ४५ जना एमालेमा प्रवेश

    ३ वर्ष पहिले

    असोज-८, नेपाली कांग्रेसका क्रियाशील सदस्य हिरामानसिह गुरुङ तथा अर्जुन चेपाङको नेतृत्वमा नेपाली कांग्रेस तथा नेकपा माओवादी पार्टी परित्याग गरि ४५ जना नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।

    शुक्रबार इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित मुग्लिनमा भएको नेकपा एमालेको वडा कार्यकर्ता भेलामा हिरामानसिह गुरुङ तथा अर्जुन चेपाङको नेतृत्वमा नेपाली कांग्रेस तथा नेकपा माओवादी पार्टी परित्याग गरि ४५ जना नेेकपा एमालेमा प्रवेश गरेको हुन् ।

    कांग्रेस तथा माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रकाश खनाल शैलेसले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

    सो वडा कार्यकर्ता भेलाले टोपनारायण श्रेष्ठ अध्यक्ष, तारा गुरुङ सचिव, लालिराम कडेल इन्चार्ज र प्रकाश त्रिपाठीलाई सह-इन्चार्ज सहित ३१ सदस्यीय नेकपा एमाले इच्छकामना वडा नं. ५ को वडा कमिटि गठन गरेको छ।

    त्यसैगरी वडा भेलाले इन्चार्ज प्रकास श्रेष्ठ, सह-इन्चार्ज जीवन थापा, अध्यक्ष सुदिप सिलवाल, सचिव सानुबाबु थापा, सह सचिव दिपेन्द्र खड्का सहित ५१ सदस्यीय राष्ट्रिय युवा संघ इच्छकामना वडा नं. ५ को वडा कमिटि गठन गरेको छ।

    त्यस्तै इन्चार्ज दुर्गा पाण्डे, अध्यक्ष लक्ष्मी कडेल, उपाध्यक्ष चित्रा शेरचन, सचिव तारा श्रेष्ठ, सह सचिव निमिसा चेपाङ, कोषाध्यक्ष रीता त्रिपाठी गुरुङ सहित ५१ सदस्यीय अखिल नेपाल महिला संघ इच्छकामना वडा नं. ५ को वडा कमिटि गठन गरेको छ।

    कुमार श्रेष्ठको अध्यक्षता तथा माया सिलवालले संचालन गर्नुभएको सो वडा भेलामा प्रमुख अतिथि बागमती प्रदेश सदस्य तथा जिल्ला कमिटीका सचिब प्रकाश खनाल शैलेस अन्य अतिथिहरुमा बागमती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी, शान्ति अधिकारी, जिल्ला कमिटी सदस्य जुना राजभण्डारी, इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङ, इच्छाकामना गाउँ कमिटी अध्यक्ष कृष्ण सिलवाल लगायत करिब ३५० जना एमालेका अन्य नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो।

    कार्यक्रममा विगतमा पार्टीका विभिन्न पङ्क्तिमा काम गर्नुभएका ५० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो।