× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा चोरी गरी लुकिछिपी बस्दै आएकी एक महिला पक्राउ

    ३ वर्ष पहिले

    असोज-८, चितवनको नारायणगढ तथा भरतपुर क्षेत्र आसपासमा चोरी गरी लुकिछिपी बस्दै आएकी एक युवती पक्राउ परेकी छन् ।

    भरतपुर महानगरपालिका वडा नं ११ मा कोठा भाडामा बस्दै आएकी सावित्री दवाडीको कोठामा कोही मानिस नभएको मौका छोपी विभिन्न सुन, गरगहना र नगद समेत चोरी गरी हिँडिरहेको अवस्थामा चोरी गरेको गहना, नगद र ताल्चा फुटाउन प्रयोग हुने रड सहित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ की २४ वर्षिया पुष्पा सिटौलालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ परेकी पुष्पा सिटौलालाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।