३ वर्ष पहिले
असोज-९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी, सुदुर पश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।