× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जर्मनीमा सत्तारुढ सीडीयु पार्टीलाई झिनो अन्तरले हराउँदै एसपीडी पार्टी विजय

    ३ वर्ष पहिले

    असोज-११, जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा वर्तमान चान्सलर एङ्गेला मार्केलको पार्टी कन्जरभेटिब पार्टी (सीडीयु) पार्टीलाई झिनो अन्तरले हराउँदै सेन्टर-लेफ्ट सोसल डेमोक्रेट (एसपीडी) पार्टीले विजय हासिल गरेका छन् ।

    सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मार्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिने भएकी छिन् ।६८ वर्षीया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छिन् ।

    सत्तारुढ सीडीयु पार्टीले २५.७ प्रतिशत, एसपीडी पार्टीले २४.१ प्रतिशत र ग्रिन पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

    सरकार बनाउन अब जर्मनीमा गठबन्धन हुनेछ । एसपीडीका नेता ओलाफ स्कोल्जले आफ्नो पार्टीलाई सरकार बनाउनका लागि जनादेश रहेको बताएका छन् ।