× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज विश्व मुटु दिवस

    ३ वर्ष पहिले

    असोज-१३, आज विश्व मुटु दिवस “युज हर्ट टु कनेक्ट” भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।

    विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

    विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ ।

    नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ ।२० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

    धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकको भनाइ छ ।