× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    साफ च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल विजय

    ३ वर्ष पहिले

    असोज-१६, माल्दिभ्समा सन्चालन भएको साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

    नेपालको जितमा खेलको ८६औ मिनेटमा मनिष डाँगीले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

    यो जित साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध निकालेको पहिलो जित हो । यसअघि साफ च्याम्पियनसिपमा सात पटक भिडेका यी दुई टिममध्ये माल्दिभ्सले पाँच खेलमा जित दर्ता गरेको थियो । बाँकी दुई खेल भने बराबरीमा टुंगिएका थिए ।

    नेपालका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले खेलको ६८ औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मनिषलाई मैदान प्रवेश गराए । स्ट्राइकर बनेर अन्जन विष्ट र सुजल श्रेष्ठसँग साझेदारी गरेका मनिषले खेल उत्तर्राद्धमा पुग्दै गर्दा गोल गरे ।

    साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ । त्यस्तै तेस्रो खेल अक्टोबर १० को राति ९:४५ बजे भारतको सामना गर्ने छ भने लिगको अन्तिम खेलमा अक्टोबर १३ मा अपराहन्न ४:४५ बजे बंगलादेशको सामना गर्नेछ ।