× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा इन्टरनेट सेवा पुनः संचालनमा

    ३ वर्ष पहिले

    असोज-१७, नेपाल विद्युत प्राधिकरण भरतपुरले शनिबार पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि अवरुद्ध बनेको इन्टरनेट सेवा पुनः संचालनमा आएको छ ।

    प्राधिकरणले तार काटेपछि आन्दोलित इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिहरु र नेपाल विद्युत प्राधिकरणसँग आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलपछि सेवा सूचारु गर्ने निर्णय भएसँगै इन्टरनेट सेवा प्रदायकहरुले काटेको तार जोड्दै इन्टरनेट सेवा पुनः संचालनमा ल्याएको हो तर पोल भाडा विषयमा भने जिल्लामा कुनै सहमति भएको छैन ।

    अत्यावश्यक सेवा भएकाले सेवा संचालन गर्ने मौखिक सहमति भएको हो । यसअघि इन्टरनेट सेवा अवरुद्ध हुँदा चितवनका विद्यालय, वैँक वित्तीय, अस्पताल सवै क्षेत्रको सेवा ठप्प भएको थियो । नेपाल टेलिकम र एनसेलका इन्टरनेट भने यथावत् संचालनमा थिए ।