× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न,१० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

    ३ वर्ष पहिले

    असोज-१७, शुक्रबारदेखि गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा सुरु भएको नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज सम्पन्न भएको छ ।

    ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि प्रस्तावलाई सुझाव सहित पारित गरेको छ ।

    त्यस्तै विधान महाविधेशनले आगामी १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा. विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा अध्यक्ष ओलीले आयोगका संयोजकसहित सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । राष्ट्रिय महाधिवेशन बुटवलमा हुने एमालले जनाएको छ ।

    एमालेको लोगो परिवर्तन

    विधान महाविधेशनले एमालेको लोगो परिवर्तन गरेको छ । सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय गरेको हो ।

    माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो ।