× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतको तिकुनियामा किसान आन्दोलनमा मारिएका ८ जनालाई ७२/७२ लाख क्षतिपूर्ति दिने

    ३ वर्ष पहिले

    असोज-१७, भारतको उत्तर प्रदेश स्थित लाखिम्पुर खेरी जिल्लामा किसानले गरेका आन्दोलनको क्रममा मारिएको ८ जनालाई ७२/७२ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कृषि कानुनको विरोध गरिरहेका किसानहरुले आइतबार केंद्रीय मंत्री अजयकुमार मिश्र र उत्तरप्रदेशको उपमुख्यमंत्री केशवप्रसाद मैर्यको भ्रमण रोक्ने प्रयासको क्रममा नेता सवार दुई वटा जिप आन्दोलनकारीमाथि नै कुदाइएको थियो ।

    आन्दोलनकारीमाथि नै गाडी कुदाइएपछि भड्किएको हिंसामा ४ जना किसान सहित ८ जनाको मृत्यु भएको थियो भने कयौँ घाइते भएका थिए ।

    आन्दोलनलाई थप हिंसात्मक हुनबाट रोक्नको लागि आन्दोलनकारी र स्थानीय प्रशासनबीच वार्ता भएपछि आन्दोलनमा मारिएका ८ जनालाई ७२/७२ लाख दिने र प्रत्येक घाइतेलाई १६/१६ लाख क्षतिपूर्ति दिने सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।