× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १०३० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १०००

    ३ वर्ष पहिले

    असोज-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९० हजार २ सय ५६ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ८ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा ८ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ३४ हजार ५६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ९२ हजार ५ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ८५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १५ हजार ५ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ५१ छ।

    २४ घण्टामा १ हजार जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७० हजार २ सय २४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १० संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ७५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ५१ जना र भेन्टिलेटरमा १ सय १८ जनाको उपचार भईरहेको छ ।