× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार डेबिड र आर्डमलाई

    ३ वर्ष पहिले

    असोज-१८, यस बर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिक डेबिड जुलियस र आर्डम पाटापौटियनले प्राप्त गर्ने भएका छन् ।

    डेबिड र आर्डमले तापमान र स्पर्शबारे गरेको रिसेप्टर्सको खोजलाई यस पटकको नोबेल पुरस्कारले सम्मान गर्ने भएको हो । प्रकाश, तापक्रम तथा बाह्य उत्तेजनाको प्रतिक्रिया जनाउँदै प्राप्त सिग्नललाई संवेदी प्रणालीमा प्रसारण गर्न मद्धत पुर्‍याउने आर्गनबारे खोज गरेका छन् ।

    यी वैज्ञानिकको अनुसन्धानले मानव शरीरले स्नायुको माध्यमबाट ताप, चिसो तथा स्पर्शलाई कसरी ग्रहण गर्छन् भन्ने खोज देखाएको छ ।

    यस खोजले चिकित्साशास्त्र वा शरीर विज्ञान तथा विभिन्न किसिमका रोगहरुको अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको छ । यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल कमिटीले आठ अक्टोबरमा घोषणा गर्दैछ भने अवार्ड वितरण १० डिसेम्बरमा हुँदैछ ।

    नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।यो पुरस्कार वार्षिक रुपमा शरीर विज्ञान वा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र क्षेत्रमा असाधारण काम गर्ने मानिसलाई प्रदान गरिँदै आएको छ ।