× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिने घोषणा

    ३ वर्ष पहिले

    असोज-१९, भौतिशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार एकजना वैज्ञानिकलाई छुट्टै अनि दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । मंगलवार द रोयल स्विडिश एकेडमी अफ सायन्सेजले विजेताको घोषणा गरेका हुन् ।

    इटालियन वैज्ञानिक जिओर्जिओ पारिसीलाई ग्रह तथा अणुहरुसम्मको डिस्अर्डर र फ्ल्क्चुएसनबीचको सम्बन्धबारेको खोजका लागि पुरस्कार दिइएको हो ।

    त्यसैगरी जापानी वैज्ञानिक स्याकुरो मानवे र जर्मन वैज्ञानिक क्लाउस ह्ययालम्यनलाई संयुक्त रूपमा जलवायु विज्ञानको फिजिकल मोडेलिङका लागि नोबेल पुरस्कार दिइएको हो ।

    यसैगरि बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।