× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साहित्य तर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलराजाक गुर्नाहले जिते

    ३ वर्ष पहिले

    असोज-२१, यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कारबाट तान्जानियामा जन्मेर बेलायतमा कर्मथलो बनाएका ७४ वर्षीय उपन्यासकार अब्दुलराजाक गुर्नाह सम्मानित हुने भएका छन्।

    उपनिवेशवादको असर तथा संस्कृति र महादेशहरूबीचको खाडलमा शरणार्थीको भाग्यको इमान्दारीता तथा सहानुभूतिशिल चित्रण गरेकोमा द स्विडिस एकाडेमीलेे गुर्नाहलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

    यसैगरि शुक्रबार शान्तितर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।