× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ९११

    ३ वर्ष पहिले

    असोज-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९३ हजार ७२ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ६४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ६४ हजार ९७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ४ हजार ७ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १४ हजार ७ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय १४ छ।

    २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७३ हजार १ सय ३९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय २९ जना र भेन्टिलेटरमा १ सय १२ जनाको उपचार भईरहेको छ ।