× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम :देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    असोज-२२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहि प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी राती देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।