× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७६४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १०३३

    ३ वर्ष पहिले

    असोज-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ६४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९३ हजार ८ सय ३६ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ४ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा ७ सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ७३ हजार ५ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार २ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ५ हजार ९ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय १४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १४ हजार ५ सय ६१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ५३ छ।

    २४ घण्टामा १ हजार ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७४ हजार १ सय ७३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १० संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय १० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय १३ जना र भेन्टिलेटरमा १ सय १३ जनाको उपचार भईरहेको छ ।