× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ८८ दिनपछि देउवा मन्त्रिपरिषदले पायो पूर्णता,गैर सांसद प्रधानन्यायाधीशको जेठान गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

    ३ वर्ष पहिले

    असोज-२३, सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बन्नु भएका शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

    शुक्रबार देउवाले १८ मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेपछि मन्त्रिपरिषदले पूर्णता पाएका हुन् ।

    देउवाले विस्तार गरेकाे मन्त्रीपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान समेत रहेका गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाएका छन् । तर, प्रधानन्यायाधीशसँगको साँठगाँठमा गैरसांसदलाई मन्त्री बनाएको भन्दै उनको आलोचना सुरु भएको हो ।

    यस अघि नै प्रधानन्यायाधीशको मागअनुसार गजेन्द्र हमाललाई मन्त्री बनाउन लागेको समाचार सार्वजनिक भएका थिए ।