× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेवार समुदायहरुले दसैँको अष्टमीका दिन विशेष भोज कुःछी भ्वय किन खान्छ ?

    ३ वर्ष पहिले

    असोज-२७, आज नेपालीहरुको महान् चाड दसैँको अष्टमी। दसैँको अष्टमीका दिन नेवार समुदायहरुले विशेष भोज कुःछी भ्वय खाने गर्छन् । वर्षमा चार रात्री सुत्न हुदैन भन्ने परम्परा रहयको छ । ती रात्रीमा मोह रात्री (कृष्ण जन्माष्टमी), काल रात्री (दसैँको अष्टमी), नव रात्री (रावनवमी) र त्याग रात्री (शिव रात्री) पर्दछन् । त्यस मध्ये कुःछी भ्वय काल रात्रीमा खाने प्रचलन रहेको छ ।

    कुःछी भ्वयमा १२ थरीका विभिन्न प्रकारका परिकारका साथ दुई माना चिउरा खाने गरिन्छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाका सामाजिक अभियन्ता पञ्चकृष्ण दलि श्रेष्ठले जागराम बस्ने यो भोजको महत्वपूर्ण सम्बन्ध रहेको बताए । उनका अनुसार जागराम बस्न सजिलो होस् भनेर नै यो भोजका परिकार अरु बेला भन्दा धेरै र प्रक्रिया लामो बनाईएको हुन्छ । कुःछी भ्वयको साँस्कृतिक महत्वसँगै स्वास्थ्यको हिसाबले पनि वैज्ञानिक रहेको श्रेष्ठ बताउछन् । यस भोजको मुख्य परिकार अम्बा र केरा रहेको हुन्छ ।

    भोजमा अम्बा, केरा, वः (बारा), अण्डा र चिउरा बाहेकका १२ थरी परिकार रहने र त्यस मध्ये अम्बा केराले पाचन प्रणालीमा फाइदा पु¥याउने उनि बताउछन् । केरा खाली पेटमा खान नहुने तर खाना पछि खाँदा पाचनशक्ति बढाउने बताए । खाना र मानिसले गर्ने काम एकअर्कामा पुरक हुनु पर्ने अभियन्ता श्रेष्ठ भन्छन्,“कुःछी भ्वयमा दुई माना चिउरा र अरु परिकार खाँदा कसैकसैले थप्ने पनि गर्छन्, मानिसले जति परिश्रम गर्छ त्यति खाना खानुपर्ने र यस भोजमा कसले कति खान्छ, कसले कतिको परिश्रम गर्छ भन्ने कुरा पनि अन्दाज हुन्छ ।”

    मानिसको शरीरलाई आवश्यक भोजन, आवश्यक परिश्रम भएमा उसको आयु पनि बढ्ने किम्वदन्ति रहेको छ । पहिले पहिलेका मानिसहरु आशिर्वाद दिँदा तीन सय साठी वर्ष बाँचोस् भन्ने गरेको सामाजिक अभियान्ता श्रेष्ठले स्मरण गरे । श्रेष्ठ बताउछन् –दसैँ जस्तो पर्व मनाउनुपर्छ भनेर चलन चलाए, विभिन्न कहानी लेखे, यस्तो गुणकारी कुःछी भ्वयको आविष्कार गरे उनीहरु युगले सम्झन लायक रहेका छ । उनी थप्छन्,“हामीले नयाँ लुगा लगाएर मात्र हुँदैन, पुराना किताब नपढेँ त्यो नयाँ लुगाको कुनै अर्थ हुँदैन ।” मानिसको व्यक्तित्व उसको विचारले देखाउँछ उनको पहिरनले होइन उनको भनाई रहेको छ ।

    जे-जे कारणले यो कुःछी भ्वयको चलन आएपनि हालसम्म यसको नेवारी समुदाय लगायत देशकै लागि एक महत्वपूर्ण साँस्कृतिक परम्परा भएको छ । पहिले देखि चलि आएको भनेर जुनै राम्रो नराम्रो पर्व वा अन्य चलनलाई शिरोधारण गर्नु भन्दा त्यस पछाडिको कारणलाई बुझि अहिले समयमा कति व्यवहारिक छ छैन हेक्का राखेर अगाडि बढे राम्रो हुने देखिन्छ ।नेपालपेजबाट