× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३६५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६०९

    ३ वर्ष पहिले

    असोज-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९७ हजार १ सय ३४ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ६ हजार ९ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ९ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख २४ हजार ४ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १३ हजार १ सय ७२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ९५ छ।

    २४ घण्टामा ६ सय ९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.७५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ४ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय १५ जना र भेन्टिलेटरमा १ सय ७ जनाको उपचार भईरहेको छ ।