× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साफ च्याम्पियनसिप : नेपालले बंगलादेशविरुद्ध १/१ को बराबरी खेल्दै फाइनलमा प्रवेश

    ३ वर्ष पहिले

    असोज-२७, माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ।

    माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई १/१ गोलको बराबरीमा रोक्दै नेपाल पहिलो पटक ऐतिहासिक रूपमा फाइनलमा पुगेको हो।

    बंगलादेशका सुमन रेजाले हेडर मार्फत नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए।

    नेपालको तर्फबाट दोस्रो हाफको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गरेसँगै खेल बराबरीमा सकिएको हो ।

    बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ।

    नेपालसंग फाइनलमा भिड्ने टिमको टुंगो माल्दिभ्स र भारत खेलले तय गर्ने छ।फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई स्पष्ट जीत चाहिन्छ।